Sagun Khabar
बुद्धिजीवी परिषद बैतडीको अध्यक्षमा पुनः अवस्थी चयन 
Atrya hospital

बैतडी –नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्ष पदमराज अवस्थी चयन भएका छन् । शनिबार सम्पन्न भएको परिषदको छैटौं जिल्ला अधिवेशन पुनः अवस्थीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा जयराज भट्ट, सचिवमा भीमसिंह धामी, सहसचिवमा नरेन्द्र बोहरा, कोषाध्यक्षमा हेमा केसी लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

तीन बर्षे कार्यकालका लागि परिषदको नयाँ कार्यसमिति चयन भएको हो । यसअघि पाचौं अधिवेशनबाट पनि पदमराज अवस्थी नै नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्षमा चयन भएका थिए । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update