Sagun Khabar
मोटरसाइकल दुर्घटनामा घाइते भएका दार्चुलाका जोशीको उपचारका क्रममा निधन 
Atrya hospital

दार्चुला –मोटरसाइकल दुर्घटनामा घाइते भएका दार्चुलाका केशवराज जोशीको उपचारका क्रममा निधन भएको छ । 

मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ देवथली घर भएका जोशी कार्यक्षेत्रमा जानेक्रममा मालिकार्जुन गाउँपालिका –८ थकतोलीमा फागुन १९ गते दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । ३६ बर्षीय मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक समेत रहेका थिए । 

गम्भीर घाइते जोशीको उपचारका क्रममा आज बिहान काठमाण्डौंको ट्रमा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ । जोशीको उपचारका लागि सहयोग अभियान समेत सञ्चालन गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update