Sagun Khabar
विद्यालय शिक्षा ऐन जारी गर्न सहयोग गर्छु : कांग्रेस नेता साउद 

बैतडी–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले विद्यालय शिक्षा ऐन जारी गर्न आफूले सहयोग गर्ने बताएका छन् । बैतडीको शिवनाथमा शनिबार नेपाल शिक्षक संघ बैतडीको २२ औं जिल्ला प्रतिनिधि सभामा बोल्दै साउदले यस्तो बताएका हुन् । 

शिक्षकहरुका हकहितका बिषयमा आफूले संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय सदस्य साउदले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षकहरुका जायज माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउँछु । संसदमा पनि कुरा उठाउँछु । शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ ।’

Atrya hospital

अहिलको राजनीति धुव्रीकरणतर्फ गइरहेकाले यो बिषयमा कांग्रेस गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस समेत सरकारमा सहभागी भएकाले नागरिक समस्या समाधानतर्फ मन्त्रीहरुले केन्द्रित हुनुपर्ने साउदले बताए । 

प्रतिनिधि सभामा केन्द्रीय सदस्य साउदका साथै केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायत कांग्रेसका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update