
दार्चुला –दार्चुलामा चालु आर्थिक बर्षको हालसम्म १२ ओटा आगलागीका घटना भएका छन् । जिल्लाका ९ ओटै स्थानीय तहमा भएका आगलागीका घटनाबाट ३० लाख रुपैयाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
आगलागीका घटनाबाट १३ ओटा पशुचौपाया मरेका छन् एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै ६ ओटा घरमा आगलागीबाट आंशिक क्षति भएको प्रहरी निरीक्षक जोशीले बताए ।
आगलागीका घटनामा परेर जिल्लामा एकजना घाइते भएका प्रहरीले जनाएको छ ।
दार्चुलामा साउन महिनामा एक, कार्तिक महिनामा एक, मंसिर महिनामा दुई, पुष महिनामा तीन, माघ महिनामा दुई र फागुन महिनामा तीनओटा आगलागीका घटना भएका दार्चुला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १७:१८
प्रतिक्रिया दिनुहोस्