Sagun Khabar
कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु, सौतासहित तीन जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । 

मृतकका आफन्त तथा स्थानीयहरुले हत्या भएको आरोप लगाएका छन् । उनको हत्या भएको आरोपपछि मृतककी सौता मीरादेवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ ।

Atrya hospital

महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन् ।  ३० वर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए ।

घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update