Sagun Khabar
बैतडीमा फेला परेको बेवारिसे शवको पहिचान खुल्यो 

बैतडी–बैतडीमा शनिबार फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।  

जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा फेला परेको शव बाजुराको खप्तड छेडदह गाउँपालिका –६ मैतोलाका ३४ बर्षीय गोपाल नाथको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको दोली सडक छेउमा शनिबार बिहान ८ बजेतिर उक्त शव फेला परेको थियो । शवको पहिचान हुन नसकेपछि प्रहरीले हुलियासहित सार्वजनिक सूचना प्रवाह गरेको थियो । उक्त शवको नाथको रहेको भन्दै मृतकका आफन्त सम्पर्कमा आएका प्रहरी निरीक्षक पाण्डेयले बताए । बाजुराबाट मृतकका आफन्त भोलिमात्रै बैतडी आइपुग्ने बताइएको छ । 

भारतमा काम गर्दै आएका नाथ मृत फेला परेपछि उनको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । आफन्त पुगेपछिमात्रै पोष्टमार्टमको कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताए । 

मृतकका आफन्त बैतडी आएपछिमात्रै थप विवरण खुल्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update