
कैलाली –कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी गएराति पौने १२ बजे सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ बर्षीय जनक रोकाया घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ ०७:४४
प्रतिक्रिया दिनुहोस्