
कैलाली –कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् ।
फागुन २८ गतेदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ बर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह सिंह बोहराले बताए ।
घरबाट फागुन २८ गते निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता रहेका थिए । परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा आइतबार स्वर्णाकार मृत भेटिएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ ०७:५२
प्रतिक्रिया दिनुहोस्