Sagun Khabar
पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन बुधबार हुने 

बैतडी–त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा भोलि स्ववियु निर्वाचन हुने भएपनि बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसमा चैत ६ गते स्ववियु निर्वाचन हुने भएको छ । 

विद्यार्थी संगठनहरुबीच सहमतिका लागि ढिलो निर्वाचन प्रक्रिया शुरु भएकाले क्याम्पस सञ्चालक समितिको बैठकले चैत ६ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको निर्वाचन अधिकृत नवराज जोशीले बताए । 

Atrya hospital

पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चैत १ गते मनोनयन दर्ता भएको थियो । स्ववियु नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा रहेका छन् । 

नेपाल विद्यार्थी संघ उत्तरा महरालाई स्ववियु सभापतिको उम्मेदवार बनाउँदै चुनावी मैदानमा उत्रेको छ भने अनेरास्ववियु विष्णुदत्त अवस्थीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारी गीता भण्डारीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ । 

पुर्चौंडी बहुमुखी क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका छन् । स्ववियु निर्वाचनमा मतदान गर्नका लागि विद्यार्थीहरुका लागि क्याम्पसबाट जारी भएको परिचय पत्रलाई मतदाता परिचय पत्रको रुपमा राखिएको निर्वाचन अधिकृत जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update