Sagun Khabar
बैतडीको पञ्चेश्वर–४ मा कांग्रेसको वडा सम्मेलन सम्पन्न 

बैतडी–बैतडीको पञ्चेश्वरमा वडा सम्मेलनमा जुटेको नेपाली कांग्रेसले आज वडा नं ४ मा सम्मेलन सम्पन्न गरेको छ । 

आइतबारदेखि पञ्चेश्वरमा वडा सम्मेलन शुरु भएको र आज वडा नं ४ मा सम्मेलन सम्पन्न गरिएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबीन समितिका बैतडी संयोजक रमेश बोहराले बताए । 

Atrya hospital

वडा सम्मेलनमा क्रियाशील सदस्यता प्रमाणपत्र वितरण, क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने गरिएको उनले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको नेतृत्वमा रहेको टीमले पञ्चेश्वरमा वडा सम्मेलन गरिरहेको हो । मंगलबार पञ्चेश्वर वडा नं ५ र ६ को गणमेश्वर मन्दिरमा वडा सम्मेलन सम्पन्न गर्ने तय भएको सभापति चन्दले बताए । 

यस्तै मंगलबार बिहान ९ बजे मेलौली नगरपालिका –४ को वडा सम्मेलन गर्ने तयारी रहेको उनले बताए । 

आगामी वैशाखभित्र जिल्लाका ८४ ओटै वडामा सम्मेलन गरिसक्ने कांग्रेसको लक्ष्य रहेको सभापति चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update