Sagun Khabar
प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त

काठमाण्डौ – नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । 

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को प्रमुख थिए । 

Atrya hospital

यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बनेका थिए । 

नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा रहेका थिए । 

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update