
अछाम –अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर ३३ मिनेटमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ ०९:५८
प्रतिक्रिया दिनुहोस्