
दार्चुला –दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डस्थित भीरबाट लडेर ५५ बर्षीय नरबहादुर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार बिहान १० बजेतिर बाख्रा चराउन गएका ठगुन्ना साँझ नफर्केपछि उनको खोजी गरिएको थियो । खोजी गर्दै जाँदा मंगलबार बिहान ठगुन्ना भीरबाट लडेर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १८:२५
प्रतिक्रिया दिनुहोस्