
दार्चुला –दार्चुलामा जिप र मोटरसाइकल एक–आपसमा ठोक्किदाँ एक जना घाइते भएका छन् ।
जिल्लाको महाकाली नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुलातर्फ जाँदै गरेको जिप र विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकल एक –आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ०१००१ ज १५८३ नम्बरको जिप र लु ३७ प १८७७ नम्बरको मोटरसाकल ठोक्किएका थिए । उक्त घटनामा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–१ का दुर्गासिंह सामन्त घाइते भएका छन् । सामन्तको टाउको र खुट्टामा चोट लागेको जिलला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
सामन्तको जिल्ला अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिप चालक दार्चुलाको शैल्यशिखर –९ का दलिसिंह खत्री र जिपलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए ।