Sagun Khabar
श्रीकोट क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी

बैतडी –स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा श्रीकोट बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार अनेरास्ववियुका नवीन कपाडी सभापतिमा विजयी भएका छन् । 

श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो अखिल क्रान्तिकारी एक्लै निर्वाचनमा होमिएको थियो ।

Atrya hospital

सभापतिमा विजयी कपाडीले एक सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत ल्याएको निर्वाचन संयोजक नरेन्द्रप्रसाद पन्तले बताए । 

सचिवमा अनेरास्ववियुकै नारायणप्रसाद अवस्थीले १०५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी तुलसी जोशीले ४६ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा नेविसंघकी लक्ष्मी भट्ट एक सय मत प्राप्त गरेर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी हेमन्ती जोशीले ४७ मत ल्याइन् । 

सदस्यहरुमा अनेरास्ववियुका यज्ञराज अवस्थी १०५,रेखा कार्की १०७,जयन्ती विष्ट १०७ र नेविसंघका मनिषा विष्ट १०४,भागरथी जोशीले १०२ मत ल्याएर विजयी भएका छन् । 

२ सय ५९ जना विद्यार्थी मतदाता रहेको यस क्याम्पसमा १ सय ६५ मत खसेको थियो । ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update