Sagun Khabar
डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका ऐर विजयी 

डडेल्धुरा –स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका छन् ।

उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए ।

Atrya hospital

यहाँ उनको प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा लडेका थिए । नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो ।

बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए ।

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ ।

यसअघि उक्त क्याम्पसको स्ववियु सभापति नेविसंघकै  दुर्गा भट्ट  थिए । उनले अहिले पनि चुनाव लडेका नेविसंघ (बीपी) का मदन बोहरालाई हराएका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update