
बैतडी –नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विद्यार्थीहरुका लागि बित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको छ ।
दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलामा अध्धयनरत विद्यार्थीहरुलाई बित्तीय साक्षरताका बिषयमा जानकारी दिइएको हो ।
बैतडीको सतबाँझस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शाखाले बित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई बचत, आम्दानी,खर्च लगायतका बिषयमा जानकारी दिइएको बैंकका शाखा प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए ।
बालबालिकाहरुलाई बित्तीय क्षेत्रका बारेमा जानकारी दिँदै उनीहरुलाई बैंकिङ सेवा बारेमा समेत जानकारी दिइएको बिष्टले बताए ।
जीवनमा बचतको महत्व र सानै उमेरदेखि बचत गर्ने बानीको विकास कसरी गर्ने, आफूसंग भएको पैसाको कसरी सदुपयोग गर्ने, बैंकबाट लिएको ऋण समयमै नतिर्दा हुन सक्ने असर, विदेशबाट रेमिट्यान्स पठाउँदा ध्यान दिनुपर्ने कुराहरु, अनलाइन ठगीबाट बच्ने उपाय लगायतका बिषयमा बालबालिकाहरुलाई जानकारी दिइएको शाखा प्रबन्धक बिष्टले बताए ।