Sagun Khabar
बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी उत्तरा महरा विजयी 

बैतडी –बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी उत्तरा महरा विजयी भएकी छन् । बुधबार सम्पन्न भएको स्ववियु निर्वाचनमा नेविसंघकी महरा १ सय १९ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका विष्णुदत्त अवस्थीले १ सय ३ मत प्राप्त गरे । अखिल क्रान्तिकारीकी सभापतिकी उम्मेदवार गीता भण्डारीले ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज जोशीले बताए । 

यस्तै सचिवमा नेविसंघका सन्दिप भण्डारी १ सय १७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी अवस्थीले १ सय १६ मत ल्याइन् । अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार कमल कुँवरले ८४ मत प्राप्त गरे । 

Atrya hospital

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउँद १ सय ५ मत ल्याएर निर्वाचित भएकी छन् भने उनकी प्रतिस्पर्धी नेविसंघकी भागरथी जोशीले १सय ३ मत प्राप्त गरिन् । अखिल क्रान्तिकारीकी उम्मेदवार अलिशाकुमारी भट्टले ८३ मत प्राप्त गरिन् । 

सदस्यहरुमा नेविसंघका अस्मिता बिष्ट १ सय २०, अस्मिता धनुषे १ सय ११, डम्मरबहादुर ऐर १ सय १२ र केशव साउँद १ सय २३ मतसहित निर्वाचित भएका छन् । अनेरास्ववियुकी सरीता बोहरा १ सय १० मत ल्याएर सदस्य पदमा निर्वाचित भएकी निर्वाचन अधिकृत जोशीले जानकारी दिए । 

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले १ सय १७, नेविसंघले १ सय १४ अखिल क्रान्तिकारीले ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । 

५सय ५७ जना विद्यार्थी मतदाता रहेको क्याम्पसमा ३ सय ३० जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update