Sagun Khabar
आजदेखि सुरू भएको एसईई परीक्षामा बैतडीमा पहिलो दिन १२४ जना परीक्षार्थी अनुपस्थित
Atrya hospital

बैतडी- आजदेखि सुरू भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा बैतडीमा पहिलो दिन १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास  तथा समन्वय इकाईका अनुसार एसइई परीक्षाको पहिलो दिन नियमित तर्फका ७१, प्राविधिक धार तर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १२४ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए ।

विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले  बताए  । यसैबीच पहिलो दिनको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ।

परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update