Sagun Khabar
धनुषामा भन्सार छलीको सामान नियन्त्रणका क्रममा हवाई फायर
Atrya hospital

धनुषा – धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका–६ मा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, स्थानीय भजु यादवको घरबाट तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रतिरोध सामना गर्नुपरेको थियो। सोही क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गर्न बाध्य भएको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रहरीमाथि आक्रमण प्रयास भएपछि सुरक्षाका दृष्टिकोणले हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update