Sagun Khabar
बैतडीमा जातीय विभेद उन्मूलन दिवस मनाइयो, दलित समुदायले भोग्नुपरेको विभेदमाथि छलफल

बैतडी – अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा बिहीबार बैतडीमा विविध कार्यक्रम आयोजना गरियो। संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष मार्च २१ लाई विश्वभर जातीय विभेद उन्मूलन दिवसका रूपमा मनाइन्छ।

बैतडीमा दलित समाज विकास मञ्चको आयोजनामा जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको सहकार्यमा विभिन्न कार्यक्रम गरियो। यस अवसरमा सदरमुकाम गोठलापानीदेखि गढीसम्म ¥याली निकालिएको थियो। ¥यालीपश्चात गढीस्थित नगरहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो।
 
अन्तरक्रिया कार्यक्रममा सहभागी दलित समुदायका व्यक्तिहरूले अझै पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद कायम रहेको गुनासो गरे। उनीहरूले कानुनी रूपमा जातीय भेदभाव निषेध गरिए पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए।

Atrya hospital

दशरथचन्द नगरकार्यपालिका सदस्य प्रेम दयालले जातीय विभेद समाजमा जरा गाडेर बसेको भन्दै यसको पूर्ण उन्मूलनका लागि निरन्तर पहल आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न सरोकारवालाहरूले जातीय विभेद अन्त्य गर्नका लागि नीतिगत सुधार, सचेतना कार्यक्रम, र कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। आयोजक दलित समाज विकास मञ्चले यस्ता कार्यक्रमले समाजमा समानता र सहिष्णुता बढाउन योगदान दिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update