
बैतडी–बैतडीको पाटन नगरपालिका–२ स्थायी घर भई काठमाडौंमा बस्दै आएकी भेपेश्वरी ऐर -भुपी_ पद्मकन्या क्याम्पस -पीके_ को स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु_ सभापतिमा निर्वाचित भएकी छन्। २४ वर्षीया ऐर स्वतन्त्र समूहबाट प्यानलसहित भारी मतान्तरले विजयी भएकी हुन्।
भुपी ऐरले कक्षा १ देखि १२ सम्म बैतडीकै शिद्धनाथ मावि, सिलंगामा अध्ययन गरेकी थिइन्। विद्यालय जीवनदेखि नै अन्यायका विरुद्ध दृढ अडान लिने छात्रा रहेको शिद्धनाथ मावि, सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले जानकारी दिए।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ -नेविसंघ_ को आधिकारिक प्यानललाई पराजित गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी ऐरले ७३० मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत प्राप्त गरिन्।
ऐरको नेतृत्वमा स्वतन्त्र समूहले सचिव र कोषाध्यक्षसहित अधिकांश पदमा विजय हासिल गर्यो। सचिव पदमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा संकल्पिका थापाले ६६६ मत प्राप्त गरिन्।
अन्य विजयी सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट -बैतडी, पाटन_, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यानसु कटुवाल रहेका छन्।
स्ववियु निर्वाचनका लागि प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरूबीच गठबन्धन बनेका थिए। नेविसंघबाट आधिकारिक उम्मेदवार परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी थिइन् भने ऐर महामन्त्री गगन थापा पक्षकी थिइन्। नेविसंघभित्रै विवाद हुँदा चैत ५ गते तय भएको निर्वाचन चैत ७ गतेमात्र सम्पन्न भएको थियो।
नेकपा एमाले निकट अखिल -अनेरास्ववियु_ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए। उनीहरूको तर्फबाट सभापतिमा सुनिता घिमिरे, सचिवमा सदीक्षा पोखरेल, र कोषाध्यक्षमा सुम्निमा राई उम्मेदवार थिए।
यस्तै, एकीकृत समाजवादी पार्टी निकट अखिल -समाजवादी_ र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल -समाजवादी_ बीच गठबन्धन थियो। सो गठबन्धनबाट सभापतिका उम्मेदवार प्रजिता दर्नाल, सचिवका उम्मेदवार अरुणा गौतम, र कोषाध्यक्षका उम्मेदवार आयुषा पण्डित क्षेत्री पराजित भए।
भुपी ऐरको जितलाई सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरूसँग तुलना गरिएको छ। विशेष गरी २०७९ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका हरिमोहन भण्डारीको चुनावी लडाइँसँग ऐरको स्वतन्त्र जित तुलना गरिएको छ।
नेविसंघको आधिकारिक उम्मेदवारलाई पराजित गर्दै ऐर नेतृत्वको स्वतन्त्र प्यानलको प्रभावशाली जितले विद्यार्थी राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।