Sagun Khabar
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी –बैतडीको पुर्चौंडीमा वैशाख पहिलो साता बिशेषज्ञ सेवासहित निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको प्राविधिक सहयोगमा आगामी वैशाख ५ देखि ७ गतेसम्म शिविरको आयोजना गरिने पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

Atrya hospital

बैतडी समाज कैलालीले हरेक बर्ष निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र वैशाखमा पुर्चौंडीमा शिविर सञ्चालनको तयारी भएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए । 

शिविर सञ्चालनका लागि पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीबीच सम्झौता भएको छ । पुर्चौंडी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत जोशी र बैतडी समाज कैलालीकातर्फबाट अध्यक्ष भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

नगरबासीहरुलाई बिशेषज्ञसहितको स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजनाको तयारी भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । शिविरले स्थानीय नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

शिविरमा सबै प्रकारका रोगहरुको निदानका लागि बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update