
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलामा पूर्व विद्यार्थी समाज गठन गरिएको छ ।
शनिबार विद्यालयमा भएको भेलाले भुपेन्द्र चन्दको अध्यक्षतामा ११ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
उक्त समाजको उपाध्यक्षमा प्रकाश बिजले, सचिवमा करुणाकर भट्ट, सचिवमा करुणाकर भट्ट, कोषाध्यक्षमा रेवती भट्ट र सहसचिवमा रमेश लुहार चयन भएका छन् ।
यस्तै समाजको सदस्यहरुमा रमेश भट्ट, जयबहादुर टेर, करन भाट, भागरथी भट्ट ,तेजराम लुहार र बिरबहादुर टेरलाई चयन गरिएको छ ।
२०१३ सालमा स्थापना भएको मणिलेक माविको सर्वाङगीण विकासका लागि योगदान पुर्याउने उद्देश्यसहित पूर्व विद्यार्थी समाज गठन गरिएको अध्यक्ष चन्दले बताए । समाजले निकट भविष्यमै अक्षयकोष स्थापना गरेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।
विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा आवद्ध हुन र अक्षयकोष स्थापनामा सहयोग पुर्याउन आग्रह गरिएको अध्यक्ष चन्दले बताए ।