Sagun Khabar
दाङको घोराहीमा प्लाई उद्योगमा भीषण आगलागी, नियन्त्रणमा चुनौती,करोडौँको क्षति

दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित गणपती प्लाई उद्योगमा आज बिहान २ बजेबाट लागेको भीषण आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

दाङका तीन दमकलले नियन्त्रण गर्न नसकेपछि बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट थप दमकल झिकाइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कार्यालयको अग्नि नियन्त्रक टोली र स्थानीय बासिन्दा आगो निभाउने प्रयासमा छन्।

Atrya hospital

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार सात बिघामा फैलिएको उद्योगका संरचना पूर्णरूपमा ध्वस्त भइसकेका छन्। काठ र कच्चा पदार्थका कारण आगो फैलन नदिने चुनौती छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर कविराज रोकायले आगो बस्तीमा नसरोस् भनेर विशेष सतर्कता अपनाइएको बताए। प्रारम्भिक अनुमानअनुसार करोडौँको क्षति भएको छ, तर पूर्ण विवरण आगो निभेपछि मात्र आउनेछ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update