Sagun Khabar
बैतडीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

बैतडी–बैतडीमा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ का २२ बर्षीय विरेन्द्र रावललाई सोमबार गोठलापानी बजार छेउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 
लागूऔषध खैरो हेरोइन मुद्दामा रावल फरार रहेका थिए । 

Atrya hospital

जिल्ला अदालत बैतडीले रावललाई उक्त मुद्दामा २ महिना २४ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरीवानाको फैसाल गरेको थियो । उक्त फैसालपछि उनी फरार रहेका थिए । 

फरार रहेका रावललाई पक्राउ गरेर अदालतको आदेश अनुसार आजै कारागार चलान गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update