
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं दुधेखालीका सुन्दरसिंह बोहराको उपचारमा आर्थिक अभाव भएको छ ।
मृगौला रोगबाट पीडित बोहराले आफूसंग भएको पैसाले अहिलेसम्म उपचार गरेको र अब उपचारका लागि आर्थिक अभाव भएको स्थानीय गोपाल बोहराले बताए । भारतमा उपचार गराएर पैसा सकिएपछि अहिले बोहराको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको छ ।
भारतमा मृगौलाको उपचार गरेका बोहराको समस्या झन् बल्झिएको छ भने अर्कोतिर आर्थिक अभाव भएको छ । आर्थिक अभावकै कारण अस्पताल जान नसकिएको बोहराले बताए ।
बोहराको उपचारमा सहयोग गर्नका लागि सबै मनकारी महानुभावहरुमा आग्रह गरिएको अभियान्ता गोपाल बोहराले बताए । बोहरालाई सहयोग गर्न चहानुहुने व्यक्तिले विरेन्द्र बोहराको प्रभु बैंकमा रहेको खाता नम्बर ३६७०२६८२९१८०००१३ मा रकम जमा गर्न सक्ने बताइएको छ । यस्तै भारतमा सहयोग गर्न चहानुहुने व्यक्तिले गुगल पे नम्बर ९९८८०३४४८८ रकम जमा गर्न सक्ने अभियान्ता बोहराले बताए ।