
बैतडी – मेलौली नगरपालिकाले २०८१ फागुन २५ देखि चैत ४ गतेसम्म सञ्चालन गरेको आधारभूत तह (कक्षा) ८ उन्नति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५९४ विद्यार्थी सहभागी भएका थिए, जसमा ३२४ जना उत्तीर्ण भएका छन्।
नगरपालिकाले विद्यालयहरूलाई ग्रेड लिस्ट उपलब्ध गराइसकेको जानकारी गराउँदै विद्यार्थीहरूले विद्यालयबाटै नतिजा लिन सक्ने व्यवस्था गरेको छ। साथै, परीक्षामा असफल भएका विद्यार्थीका लागि २०८२ वैशाख १५ र १६ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ।
ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत आवेदन फारम २०८२ वैशाख १२ गतेभित्र नगरपालिकामा बुझाउनुपर्नेछ। आवेदन निःशुल्क हुनेछ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ १४:३२
प्रतिक्रिया दिनुहोस्