Sagun Khabar
नेपाली युवा टोलीको शानदार सुरुआत, दिल्ली U-19 लाई ५ विकेटले पराजित
Atrya hospital

नेपाली युवा टोलीले भारतको दिल्ली १९ वर्षमुनिको टोलीलाई पहिलो अभ्यास खेलमा ५ विकेटले पराजित गर्दै शानदार सुरुआत गरेको छ। तीन खेलको ५० ओभरको अभ्यास सिरिजमा नेपालले १–० को अग्रता लिएको छ।

दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका अमर मिश्रले २७ रन जोड्दा रोशन विश्वकर्माले नटआउट २५ रन बनाएर टोलीलाई जित दिलाए। दिल्लीका अमन चौधरीले २ विकेट लिए।

यसअघि, वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली टोली २३ ओभर ३ बलमै ९५ रनमा अलआउट भयो। दिल्लीका सार्थक पलले टिमका लागि सर्वाधिक २९ रन बनाए। नेपालका सिबरिन श्रेष्ठ र अपराजित पौडेलले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए।
 
पहिलो खेल जित्दै आत्मविश्वास बढाएको नेपाली युवा टोली दोस्रो अभ्यास खेल बिहीवार खेल्नेछ। नेपाली टोली सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update