Sagun Khabar
डिलासैनी गाउँपालिकामा दिवा खाजा कार्यक्रम सञ्चालन, भान्सा घर निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न

बैतडी— डिलासैनी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको पोषण सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानिय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको विशेष गौरवको आयोजना अन्तर्गत डिलासैनी गाउँपालिका छनोट भएसँगै उक्त कार्यक्रम कार्यान्वयनमा आउने भएको हो।

गाउँपालिकाभित्र उच्च विद्यार्थी संख्या भएका ५६ सामुदायिक विद्यालयमध्ये २० विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा प्रदान गरिने छ। साथै, शिक्षा क्षेत्रको समग्र विकासलाई लक्षित गर्दै भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिने छन्।

Atrya hospital

डिलासैनी गाउँपालिकालाई विशेष आयोजनामा समावेश गरिएकामा प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्का तथा अन्य बौद्धिक व्यक्तित्वहरूलाई गाउँपालिका अध्यक्ष सन्तोस प्रकास जोशीले कृतज्ञता व्यक्त गरेका छन । साथै, कार्यक्रमलाई प्रविधिक सहयोग उपलब्ध गराउने विकास साझेदार विश्व खाद्य कार्यक्रम (WFP) लाई विशेष धन्यवाद दिइएको छ।

यसै आर्थिक वर्षभित्र भान्सा घर निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सार्वजनिक ठेक्का आह्वान गरिएको थियो। ठेक्का प्रक्रियाबाट सफल ठहरिएका विभिन्न निर्माण व्यवसायीसँग सम्झौता सम्पन्न भइसकेको छ। सामाजिक विकास कार्यालय बैतडीको समन्वय तथा राष्ट्रसेवक कर्मचारीहरूको नेतृत्वमा योजना कार्यान्वयन भईरहेको छ।

डिलासैनी गाउँपालिकाले कार्यक्रम सफलताका लागि सम्पूर्ण विद्यालय परिवार, अभिभावक, कर्मचारी तथा विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै आगामी आ.व. २०८५÷०८६ सम्म यो कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी गराएको छ। सहयोग गर्ने सबै सरोकारवालाहरूलाई गाउँपालिका तथा स्थानीयवासीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।


 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update