Sagun Khabar
दार्चुलामा जिपबाट खसेर एकजनाको मृत्यु 

दार्चुला –दार्चुलामा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ को दत्तु थापलास्थित भित्रि सडकमा मंगलबार सुपप्र ०४ ००१ ज ००९६ नम्बरको जिपबाट खसेर मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवती बस्ने अन्दाजी ३९ बर्षीय विक्रमसिंह सामन्त गम्भीर घाइते भएका थिए । 

Atrya hospital

घाइते सामन्तको बुधवार बिहान उपचारका क्रममा भारतको पिथौरागढमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

उनका अनुसार गुडिरहेको जिपको बिचको ढोका एक्कासी खुल्दा सामन्त जिपबाट खसेका थिए । 

जिप र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update