Sagun Khabar
बैतडी अस्पताल न्यूनतम सेवा मापदण्डमा गत बर्षको तुलनामा कमजोर  

बैतडी –विगतका बर्षहरुमा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरीमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अंक यस वर्ष भने खस्किएको छ । यस बर्ष बैतडी अस्पतालको चार अंक घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अंक प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अंक कम पाएको जिल्ला अस्पताल बैतडीका व्यवस्थापन अधिकृत सुमन महराले बताए । 

अस्पताल व्यवस्थापन समितिको म्याद सकिएर अर्को समिति नबन्नु तथा अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अंक घटेको उनको भनाई छ । अन्य कुरामा सुधारमा भएपनि व्यवस्थापन समिति बिशेषज्ञ चिकित्सक नभएका कारण केही अंक घटेको उनले बताए । 

Atrya hospital

पौषमा गर्नुपर्ने न्यूनतम स्वास्थ्य सेवा मापदण्डको मुल्याङ्ककन चैत्र दोश्रो साता हुनुले पनि अंक घटेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । अस्पतालले प्रदान गर्ने अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिन्छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको म्याद यही चैत २ गते सकिएको छ । राजनीतिक नियुक्तका आधारमा बन्ने अस्पताल व्यवस्थापन समितिले कहिले पूर्णता पाउँछ भन्ने कुरा अझै अन्योलमा रहेको छ । 

सीमित श्रोत, साधन र जनशक्तिकाबीचमा पनि अस्पताले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको सूचना अधिकारी पन्तले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update