Sagun Khabar
हिन्दूराज्य र राजसंस्थाको पक्षमा बैतडीमा पनि प्रदर्शन 

बैतडी –हिन्दूराज्य र राजसंस्था पुनस्र्थापनाको पक्षमा बैतडीमा पनि प्रर्दशन गरिएको छ । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले बैतडीमा पनि आन्दोलनका कार्यक्रम शुरु गरेको जनाएको छ । 

राप्रपा, राप्रपा नेपाल, हिन्दुवादी तथा राष्ट्रवादीहरुको संयुक्त आयोजनामा आन्दोलनका कार्यक्रमहरु शुरु गरिएको राजसंस्था पुर्नस्थापना जनआन्दोलन समितिका बैतडी संयोजक  प्रेमबहादुर चन्दले बताए । हिन्दूराष्ट्र नेपाल र नेपालीको पहिचान भएकाले हिन्दू राष्ट्र स्थापनाका लागि एकजुट हुन उनले सबैमा आग्रह गरे ।

Atrya hospital

वर्तमान व्यवस्थाले देश तहसनहस भएको, भ्रष्टाचारले सीमा नाघेको,परनिर्भरता बढेको र विधिको शासन कायम नभएकाले आन्दोलन गर्नुपरेको चन्दले बताए । बिहीबार सदरमुकाम सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको चन्दले बताए । 

भोलि काठमाण्डौं हुने बृहत आन्दोलनको पक्षमा जिल्लामा आन्दोलनको शुरुवात गरिएको उनको दाबी छ ।  

संघीयता खारेज, धर्म निरपेक्ष राष्ट्र खारेज, राजसंस्था पुनस्र्थापना लगायतका एजेण्डासहित आफूहरुको आन्दोलनमा उत्रेको चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update