Sagun Khabar
नेपाली लेखक संघ सुदूरपश्चिमको अध्यक्षमा भट्ट चयन 
Atrya hospital

बैतडी –नेपाली लेखक संघ सुदूरपश्चिमको अध्यक्षमा बैतडीका नरेन्द्रप्रसाद भट्ट चयन भएका छन् । बिहीबार कैलालीको धनगढीमा सम्पन्न भएको संघको प्रथम प्रदेश अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा बझाङका शैलेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा दार्चुलाकी पार्वती रावल, महासचिवमा कैलालीका टोपेन्द्र शाह (रसीक), सचिवमा कैलाली चित्रराज भट्ट, कोषाध्यक्षमा कैलालीका पुष्प पाण्डेय र अन्य सदस्यहरु चयन भएका छन् । 

यस्तै अधिवेशनले संघको आठौं राष्ट्रिय अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरु पनि छनौट गरेको छ । संघको राष्ट्रिय अधिवेशनमा सहभागिताका लागि अध्यक्ष भट्टका साथै महाससचिव टोपेन्द्र शाह, रमिला नेपाली, लक्ष्मी पन्त, चित्रराज भट्ट, प्राध्यापक भोजराज जोशी र महादेव ओझालाई केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update