
बैतडी –बैतडी घर भएका देउडा गायक तथा सर्जक कृष्णदत्त पन्तको पहिलो प्रस्तुती ‘जोई पोइ’बोलको गीत सार्वजनिक गरिएको छ ।
पाटन नगरपालिका ६ लामाखेत घर भएका पन्तको उक्त गीत चैत १० गते सुदूरखबर वन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
पन्तको शब्द सिर्जना रहेको उक्त गीतको एरेन्ज चर्चित देउडा गायक गोपाल दयालले गरेका छन् । गीतमा पन्त र संगीता मल्लाको स्वर रहेको छ ।
उक्त गीतको भिडियोमा गायक पन्तका साथै सागर धामी, दीपा बम, बर्षा सापकोटा(रुपा), पवित्रा थापा र जुना साउँदको अभिनय रहेको छ ।
म्युजिक प्लस रेकर्डिङ स्टुडियो काठमाण्डौंमा रेकर्ड गरिएको उक्त गीतको भिडियो निर्देशन, छायांकन र सम्पादन किशोरकुमार भण्डारीले गरेका छन् ।
उक्त गीतमा श्रीमान–श्रीमतीका बीचमा हुने झगडालाई व्यग्यात्मक रुपमा प्रस्तुत गरिएको छ भने श्रीमानले काम नगर्ने प्रवृति समेत समेटिएको छ । ग्रामीण क्षेत्रको जीवनशैलीलाई गीतमार्फत उतार्ने प्रयास गरिएको गायक पन्तले बताए ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–६ स्थित देवल माविमा शिक्षण पेशामा कार्यरत पन्तले सांगितीक क्षेत्रमा पहिलो पाइला सारेको बताएका छन् । दर्शक तथा श्रोताको माया अनुसार आगामी दिनमा समेत सांगितीक क्षेत्रमा लागिरहने उनले बताए ।
सानै उमेरदेखि गायन क्षेत्रमा रुचि रहेकाले पहिलो देउडा कोसेली सार्वजनिक गरेको बताउँदै पन्तले अबका दिनमा पनि मौलिक देउडा गीत बजारमा ल्याउने बताएका छन् ।
https://www.youtube.com/watch?v=hzlTZGbiPqQ