Sagun Khabar
राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने क्षेत्रमा कफ्र्यू

काठमाण्डौ – काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कफ्र्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले तीनकुने क्षेत्रमा कफ्र्यू आदेश जारी भएको जानकारी दिए ।

Atrya hospital

राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।

तीनकुनेमा हुने भनिएको सभा शुरू नहुँदै राजावादीहरूले प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त भएको हो । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसपछि उत्तेजित भएका प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update