Sagun Khabar
रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार
Atrya hospital

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् ।

काठमाण्डौ प्रहरीले अमानवीय, अमर्यादित तथा गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइ कानूनअनुसार कारबाही गरिने जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update