Sagun Khabar
बैतडीको डिलाशैनीमा कक्षा ८को परीक्षाफल प्रकाशित, ४ सय ५४ जना उत्तीर्ण 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले आधारभूत तह कक्षा ८को परीक्षाफल प्रकाशन गरेको छ । कक्षा ८को पालिकास्तरीय परीक्षा सञ्चालन गरिएको र उक्त परीक्षाको परीक्षाफल प्रकाशन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । 

गएको फागुन २६ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको पालिकास्तरीय परीक्षामा २० ओटा विद्यालयका ५ सय ३४ जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो । परीक्षामा सहभागी भएकामध्ये ४ सय ५४ जना उत्तीर्ण भएका शिक्षा शाखा प्रमुख भट्टले बताए । 

Atrya hospital

गाउँपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार परीक्षामा २४ जना अनुपस्थित रहेका ८० जनाले एनजी प्राप्त गरेका छन् । एनजी प्राप्त गरेकामध्ये ६५ जना बढीमा दुई बिषयमा मात्रै एनजी प्राप्त गरेका परीक्षार्थी रहेका छन् । 

बढीमा दुई बिषयमात्रै एनजी प्राप्त गरेका विद्यार्थीहरुका लागि पूरक परीक्षा सञ्चालन गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए । यही चैत २० गतेसम्म पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले आवेदन दिन सक्ने बताइएको छ । 

यस्तै पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुका लागि आगामी वैशाख ८ गतेसम्म फारम भर्ने समय तोकिएको छ । पूरक परीक्षाको मिति भने पछि तय गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए । 

Dilasaini-class-8-1743224020.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update