Sagun Khabar
राज्यविरुद्धको कसुरमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका नेताहरू अदालतमा उपस्थित
Atrya hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शुक्रबार राति पक्राउ परेका मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी म्याद थप गर्न अदालतमा पेस गरिएको हो।

मिश्रसहितका नेतालाई सरकारी वकिलको कार्यालयबाट अदालतमा लगिएको थियो। प्रहरीले उनीहरूलाई राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको हो।
 
यसैबीच, प्रहरीले आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा थप ४१ जनालाई म्याद थप गर्ने तयारी गरेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 
राप्रपाका वरिष्ठ नेताहरूविरुद्धको मुद्दामा अदालतले कस्तो निर्णय लिन्छ भन्ने चासो चुलिएको छ। राजनीतिक वृत्तमा यस घटनाले तरंग पैदा गरेको छ भने समर्थकहरूले सामाजिक सञ्जालमा मिश्रसहितका नेतालाई समर्थन जनाइरहेका छन्। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update