Sagun Khabar
एमाले बैतडीले गणतन्त्रका पक्षमा जागरण सभा गर्ने 

बैतडी–नेकपा एमाले बैतडीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरण सभा गर्ने भएको छ । 

सोमबार जिल्ला सदरमुकाममा जागरण सभा गर्ने तयारी भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए । गोठलापानीबाट र्याली निकालेर गढीमा सभा गर्ने तयारी भएको उनले बताए । 

Atrya hospital

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षडयन्त्रहरु भइरहेकाले त्यस्ता षडयन्त्रहरुलाई चिर्नका लागि जागरण सभा गरिने अध्यक्ष विकले बताए । 

सभामा सहभागिताका लागि एमाले सम्वद्ध सबै र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई आग्रह गरिएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update