Sagun Khabar
डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु 

डडेल्धुरा –डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । 

अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

Atrya hospital

आईतबार दिउँसो साढे ४ बजे डडेल्धुरा सदरमुकामबाट बैतडीका लागि हिँडेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन् । 

घाइते निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा साँझ सवा ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए ।

जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडका ४० बर्षीय रामसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update