
बैतडी–बैतडीमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण गरिएको छ । जिल्ला कारागार बैतडीमा रहेका कैदीबन्दीहरुमा क्षयरोग भए÷नभएको पत्ता लगाउन उनीहरुको छातीको एक्सरे गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।
स्वास्थ्य निर्देशनालय दिपायलको आयोजना, स्वास्थ्य कार्यालय बैतडीको समन्वय र जिल्ला कारागर बैतडीको सहजीकरणमा ७६ जना कैदीबन्दीको छातीको एक्सरे गरिएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
क्षयरोगमुक्त अभियान अन्तर्गत कैदीबन्दीहरुको एआइ जडित एक्सरेबाट छातीको एक्सरे गरिएको स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोजप्रसाद ओझाले बताए ।
७६ जना कैदीबन्दी मध्ये दुईजनाको छातीमा दाग देखिएकाले उनीहरुको खकार संकलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको सूचना अधिकारी लेखकले बताए ।
जिल्ला अस्पतालको प्रयोगशालामा परीक्षणपछि उनीहरुमा क्षयरोग भए÷नभएको पत्ता लाग्ने क्षयकुष्ठ अधिकृत ओझाले बताए ।