Sagun Khabar
रवि लामिछानेको कडा प्रहार:'सरकारले मौनताको फाइदा उठायो, टाउकोमाथि तरबार झुण्ड्यायो'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। पाँच महिनापछि पार्टीको कार्यकारी जिम्मेवारीमा फर्किएका लामिछानेले सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले आफ्नो मौनताको फाइदा उठाएको आरोप लगाए।

लामिछानेले सरकारको नीतिलाई आक्रामक रूपमा प्रश्न गर्दै भने, 'मैले सोचेको थिएँ केही समय अझै शान्त बसौं। तर, सरकारले टाउकोमाथि तरबार झुण्ड्याएजसरी एउटा जिल्लाको मुद्दा अदालतमा पेश नै नगरी राखेको छ।'

Atrya hospital

उनले थपे, 'म कुनै पनि शक्तिसँग लड्न तयार छु। यिनलाई लागेको छ होला—टाउकोमाथि तरबार राख्यो भने चुपचाप बस्छ, डराउँछ। तर, म डराउँदिनँ। कुनै पनि बेला शिरमाथि लागेको तरबार खसाल, म थाप्न तयार भएर बसेको छु।'

लामिछानेले वर्तमान सरकारको लुटलाई टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिए। उनका अनुसार, सरकारको कामकारबाहीमाथि कठोर कदम चाल्न राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि हट्दैन।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update