Sagun Khabar
बैतडीमा राप्रपाले निकाल्यो राँके जुलुस 

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा सोमबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । 

पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई पक्राउ गरेको विरोधमा राँके जुलुस प्रर्दशन गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

Atrya hospital

चैत १५ गते काठमाण्डौंमा राजावादीहरुले गरेको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले मिश्र र राणा लगायतलाई पक्राउ गरेको छ । उनीहरुलाई निशर्त रिहाइको माग गर्दै राँके जुलुस निकालिएको अध्यक्ष भट्टले बताए । 

गोठलापानी बजारबाट राँके जुलुससहित राप्रपाका नेता –कार्यकर्ताहरु गढीतिर अगाडि बढेपछि प्रहरीले रोकेको थियो । 

पछिल्लो समयमा राप्रपाले राजसंस्था र हिन्दूराज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update