
बैतडी - धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको तर्फबाट सचिव पदमा लबदेव धामीले उम्मेदवारी दिएका छन ।
उम्मेदवारी दर्ता गर्दै धामीले आफुले विजय हासिल गरे कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने बताएको छ । विद्यार्थीको हकहितमा काम गरिरहने धामी प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सक्रिय सदस्य सहित सुदुरपत्रमा कार्यरत पत्रकार समेत रहेको बताए ।
उम्मेदवार धामिले आफू सधै दलिय राजनीतिको विरुद्धमा रहेको बताउदै , आफ्नो उम्मेदवारी शिक्षा क्षेत्रको राजनीतिक चलखेलका विरुद्ध, सर्वसाधारण का छोराछोरीले कैलाली बहुमुखी क्याम्पसमा चुनाव लड्न सक्दैनन् भन्ने गलत भाष्यका विरुद्ध, सबैका समस्या सुनेर समाधान गर्नका निमित्त, क्याम्पसमा प्राध्यापक र पुस्तक उपलब्ध अनि व्यवस्थापनका निमित्त, क्याम्पसको माफियातन्त्र अन्त्यका लागि, सबैका लागि समान नियम बनाउनका लागि, क्याम्पसलाई राजनीति दलदलमा फसाउन नभएर , क्याम्पस अर्थात् शिक्षाको केन्द्र बनाउनका लागि र क्याम्पसमा अध्ययनरत विद्यार्थीका हरेक समस्या समाधानसँगै उनीहरूका आवाज बुलन्द गर्न रहेको बताएका छन ।