Sagun Khabar
बैतडीमा भर्ना अभियानलाई प्रभावकारी बनाउन छलफल 

बैतडी–बैतडीमा भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि छलफल भएको छ । सामाजिक विकास कार्यालय बैतडीको आयोजनामा जिल्लाका १० ओटै स्थानीय तहका शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखहरुसंग छलफल गरिएको हो । 

आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियानलाई प्रभावकारी बनाउन शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखहरुसंग छलफल गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए । 

Atrya hospital

कोही पनि बालबालिकाहरु विद्यालय बाहिर नरहुन् भनेर भर्ना अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको हो । 

कतिपय बालबालिकाहरु अझै पनि विद्यालय बाहिर रहेकाले उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियानले सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 

यस्तै सामाजिक विकास कार्यालयले शिक्षा शाखा प्रमुखहरुसंग समन्वयात्मक बैठक पनि सम्पन्न गरेको छ । सामाजिक विकास कार्यालयमार्फत सञ्चालन भइरहेका कामहरुलाई प्रभावकारी बनाउन समन्वयात्मक बैठक सम्पन्न गरिएको कार्यालय प्रमुख जोशीले बताए । 

सामाजिक विकास कार्यालयमार्फत विभिन्न स्थानीय तहहरुद्वारा विद्यालयका भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेकाले ती कामहरुलाई प्रभावकारी बनाउन समन्वयात्मक बैठक सम्पन्न गरिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update