Sagun Khabar
बैतडीमा भूमी समस्या समाधान आयोगको कामलाई अघि बढाइने

बैतडी –भूमी समस्या समाधान आयोगको कामलाई बैतडीमा अघि बढाउने बिषयमा छलफल गरिएको छ । १० ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र भूमी शाखा प्रमुखहरुलाई राखेर सोमबार छलफल गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । 

भूमी समस्या समाधान आयोगको योजना अनुसार काम अघि बढाउन स्थानीय तहहरुसंग छलफल गरिएको हो । स्थानीय तहको समन्वयमा काम अघि बढाउनका लागि छलफल गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख रणबहादुर रावलले बताए । 

Atrya hospital

भूमी समस्या समाधान आयोगले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि काम गर्ने सदस्य सचिव रावलले जानकारी दिए । यसअघिको आयोगले गरेको कामबाटै काम अघि बढाउने तयारी भएको छ । 

यसअघिको आयोगले संकलन गरेको तथ्यांक अनुुसार बैतडीमा २ हजार १२१ जना भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । तर आयोगको केन्द्रीय कार्यालयमा ९ सय २७ जनाको मात्रै तथ्यांक प्रविष्ट भएको रावलले बताए । 

भूमी समस्या समाधान आयोग जिल्ला समितिले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने हिसाबले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update