Sagun Khabar
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वैशाख ३ देखि पुर्चौडीमा हुने

बैतडी –बैतडीमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ३ गतदेखि पुर्चौडी नगरपालिकामा हुने भएको छ ।

प्रतियोगिता वैशाख ३ देखि ५ गतेसम्म पुर्चौडीको विशाल पार्क खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता रहनेछ ।
पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए । 

Atrya hospital

स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ बर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरु खेलाइनेछन् ।

एक खेलाडीले एक विधामा मात्र भाग लिन पाउने जनाएको छ । जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट हुनेछन् ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

1-1743510759.jpg
 

2-1743510746.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update