
अर्घाखाँची – अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए ।
जिप आइतबार बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १०:३७
प्रतिक्रिया दिनुहोस्