Sagun Khabar
बैतडीका आनन्द अवस्थीको उपचारमा आर्थिक अभाव भएपछि..

बैतडी–बैतडीका आनन्द अवस्थीको उपचारमा आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । 

लडेर गम्भीर घाइते भएका जिल्लाको पाटन नगरपालिका वडा नं ३, गौडाली तिपुरमुडका २८ वर्षीय आनन्द अवस्थीको उपचारमा आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको उपचारत अवस्थीका भिनाजु नारद भट्टले बताए । अवस्थीको प्राण रक्षाका लागि नेपाल,भारत तथा अन्य देशमा रहेका सहयोगीदातालाई आर्थिक सहयोग को अपिल गरिएको भट्टले बताए ।

Atrya hospital

अहिले आर्थिक सहयोगको नेतृत्व आफुले गरिरहेको उहाँले बताएका छन । जंगलमा बाख्रा चराउन गएका अवस्थी लडेर गम्भीर घाइते भएका बताइएको छ । उनको शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको उहाँले बताए ।

घाइते अवस्थीको डडेल्धुरामा उपचार गर्न लगिएको भएपनी उपचार सम्भव नभएपछि धनगढी लगिएको तर धनगढीमा पनि उपचार हुन नसकेपछि अहिले भारतको लखनौमा उपचार भैरहेको छ । तर उपचार गर्न आर्थिक अभाव भएपछि समस्या परेको उहाँले बताएका छन ।

आर्थिक समस्याबाट गुज्रीरहेका अवस्थीको अहिले सम्म चार लाख भन्दा बढी खर्च भैसकेको बताइएको छ । अहिले थप उपचार गर्न भारतको लखनौमा उपचारत हुदा आर्थिक अभाव भएपछि उपचारमा सहयोग पुर्याउन सहयोगको अपिल सहित आनन्द अवस्थी बचाउ अभियान सञ्चालन गरिएको उपचारत अवस्थीका भिनाजु भट्टले बताए  ।

अवस्थीको प्राण रक्षाका लागि सहयोग गर्न चाहने महानुभावहरुले नारद भट्टको एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर २९२५७५२९०९६३६००१ मा जम्मा गर्न सक्नेछन् । 

Open photo

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update